पोखरामा भोलिदेखि क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

पाेखरा | असोज ३०, २०८१

पोखरामा भोलिदेखि क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

पोखरा:  पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो । 


संघमा आबद्ध भएका क्लबहरुमात्र उक्त प्रतियोगितामा सहभागि कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । 


उनले जिल्ला स्तरमा प्रतियोगिता हुँदा खेलाडी विकास हुने बताए । संघले ग्रासरुटस्तरमा खेलाडी विकास गर्ने योजनाका साथ प्रतियोगिता आयोजना गरेको उनले सुनाए । उनका अनुसार प्रतियोगिता नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रधानमन्त्री कपका लागि जिल्ला छनोटको रुपमा समेत रहेको छ ।


 ‘यो पिएम कपको लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता समेत भएकाले संघमा आबद्ध क्लबहरु बिचमा मात्रै भएको हो । हाम्रो संघमा ९ क्लब दर्ता रहेका छन’ उनले भने, ‘यो खेलाडीहरुका लागि अवसर समेत हो । खेलाडीले राम्रो प्रदर्शनी गर्न सकेमा भोलि राष्ट्रिय टिममा समेत पर्ने सम्भावना रहन्छ ।’

 

एक दिवसीय क्रिकेट जिल्ला स्तरमा हुँदा खेलाडी विकासमा ठुलो टेवा पुग्नेमा आफु आशावादी रहेको उनी सुनाउछन् । 


प्रतियोगितामा सहभागि कुल ९ टिमलाई तीन समुहमा विभाजन गरिएको छ । 


समुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् । 


प्रतियोगिताको समुह विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् भने उपविजेता मध्येबाट एक टिम सर्वाधिक अंक ल्याउने वा रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गर्नेछ । 


प्रतियोगिता भोलिबाट सुरु भई १२ गतेसम्म सञ्चालन हुनेछ । सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब बिच उद्घाटन खेल हुने पुनले बताए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्